Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ओली सरकारको बेला एसपीपी सम्झौता भएको पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

ओली सरकारको बेला एसपीपी सम्झौता भएको पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

  • 558
    SHARES
  • ओली सरकारको बेला एसपीपी सम्झौता भएको पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

    काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौता नभएको बताएका छन्  ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए ।

    ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरूद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको भन्दै उनले  यसलाई पुष्टि गर्न चुनौती पनि दिएका छन् ।

    पुष्टि गर्न नसके आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ ।

    सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरे ।

    असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij