Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एसपीपी सम्झौताको सम्बन्धमा अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

एसपीपी सम्झौताको सम्बन्धमा अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

  • 497
    SHARES
  • एसपीपी सम्झौताको सम्बन्धमा अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

    काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् । ‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ ।

    उनले भनिन्, ‘अब केही गरिरहनुपर्दै भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपीपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न हुनेगरी सम्झौता नभएको बतायो ।’

    दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भनिरहेका छन् । योबीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्ने उनकाे भनाइ छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने उनले बताईन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij