Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

त्रासमा पढ्न बाध्य विद्यार्थी

त्रासमा पढ्न बाध्य विद्यार्थी

  • 485
    SHARES
  • त्रासमा पढ्न बाध्य विद्यार्थी

    काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका-२ स्थित दह आधारभूत विद्यालयका विद्यार्थीहरू जोखिम मोलेर पढ्न बाध्य छन् ।

    गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ । पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ ।

    शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ । प्रधानाध्यापक जङ्गबहादुर बमका अनुसार विद्यालयमा खानेपानी र शौचालयसमेत छैन ।

    शौचालय नहुँदा दिशा पिसाब गर्न विद्यार्थी र शिक्षक खोलामा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले भने, ‘भवनको वरपर पहिरो गएको छ । अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्दैछौँ ।’

    विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिकसत्रमा १२० बढी विद्यार्थी अध्यनरत थिए । बाढीपहिरोपछि नरूली र बत्थोली गाउँबाट विद्यार्थी आउन नमानेको प्रधानाध्यापक बमले बताए ।

    वर्षाको समय सुरु हुन लागेकाले शिक्षक र विद्यार्थीहरू त्रासमा रहेको  उनले बताए । उनले भने, ‘अघिल्लो वर्षा जसरी पुनःबाढी आएर विद्यालय भवनमा थप क्षति पुर्याउँछ कि भन्ने चिन्तामा शिक्षक र विद्यार्थी छन् ।’

    खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्नसमेत समस्या भएको उनले बताए । विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij