वेबटिभी खबर
काठमाडौं । बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ मूल्यांकन गरि कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
विशेष सूचनाका आधारमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको ना ५ ख ९६७५ नम्बरको ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij