Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

खुल्लामञ्चको बसपार्क कहाँ सारियो ? 

खुल्लामञ्चको बसपार्क कहाँ सारियो ? 

  • 643
    SHARES
  • खुल्लामञ्चको बसपार्क कहाँ सारियो ? 

    काठमाडौं । काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो ।

    बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।

    खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ ।

    पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।

    खुल्लामञ्चमा बसपार्क राखेर सार्वजनिक स्थानको दोहन गरेको भन्दै महानगरपालिका र सरकारको विरोध हुँदै आएको थियो ।

    सार्वजनिक स्थान अभियान्ताहरूले ‘खुल्लामञ्च बचाऊ’ अभियानसमेत सञ्चालन गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

    गत हप्ता काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले खुल्लामञ्चमा भएको बसपार्क हटाउने निर्णय गरेका हुन् ।

    यसअघि, पुरानो बसपार्कमा काठमाडौं टावर बनाउन थालिएपछि खुल्लामञ्चको आधा भागमा बसपार्कका रूपमा प्रयोग गर्न थालिएको थियो ।

    पुरानो बसपार्कमा निर्माणाधीन टावरमा व्यापक ढिलासुस्ती हुँदै आएको छ । महानगरले टावरका तीनवटा तला बसपार्कको रूपमा प्रयोग गरिने जनाउँदै आएको छ । राजधानी दैनिकबाट 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij