Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

धरौटीमा छुटे विप्लव समूहका नेता माइला

धरौटीमा छुटे विप्लव समूहका नेता माइला

  • 637
    SHARES
  • धरौटीमा छुटे विप्लव समूहका नेता माइला

    काठमाडौं ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माइला लामा १९ महिनापछि थुनामुक्त भएका छन् ।

    ०७६ साउन ५ गते पक्राउ परेका लामा जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् ।

    विभिन्न अपराधिक मुद्धा लगाएर थुनामा राखिएको उनीसँग जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो ।

    तर उनी आफूसँगै पक्राउ परेका पार्टीका अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै थुनामै बसेका थिए ।

    शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij