Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रक्तदाताको संख्या बढेपछि रगत अभावकाे समस्या हट्यो

रक्तदाताको संख्या बढेपछि रगत अभावकाे समस्या हट्यो

  • 381
    SHARES
  • रक्तदाताको संख्या बढेपछि रगत अभावकाे समस्या हट्यो

    नेपालगञ्ज । बाँके जिल्लामा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव हटेको हो ।

    ‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको र अहिले अभाव पनि टरेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने ।

    उनका अनुसार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ । रेडक्रसको नेपालगञ्ज र कोहलपुरस्थित रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ।

    अस्पतालहरूमा बिरामीको चाप कम भएका कारण रगतको माग पनि घटेको अधिकृत श्रेष्ठले बताए । यस्तै रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले स्वयंसेवकको संख्या अझ वृद्धि गर्न जिल्ला रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ ।

    जिल्लामा रक्त संकलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थासमेत अन्त्य भएको जनाइएको छ ।

    स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत संघ, संगठनले समय-समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पुर्‍याए पनि रक्तदानका लागि महिलाको सहभागिता पुरूषको तुलनामा कम भएकाले उनीहरूको सहभागिता बढाउने प्रयास पनि केन्द्रले थालनी गरेको छ ।

    जिल्ला रेडक्रसका अध्यक्ष गोवर्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा संकलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलाहरूमा प्रयोग हुने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij