Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

परीक्षाबारे शिक्षक सेवा आयोगकाे सूचना हेर्नुहाेस्  

परीक्षाबारे शिक्षक सेवा आयोगकाे सूचना हेर्नुहाेस्  

  • 559
    SHARES
  • परीक्षाबारे शिक्षक सेवा आयोगकाे सूचना हेर्नुहाेस्  

    काठमाडौं । शिक्षक सेवा आयोगले असार ९, ११ र १३ गते सञ्चालन हुने माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) का लागि प्रश्नपत्रमा रहेका खण्ड (क) र खण्ड (ख) मा उत्तर अलगअलग दुई उत्तरपुस्तिकामा लेख्न निर्देशन दिएको छ ।

    images

    आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाद्वारा जारी सूचनामा उत्तरपुस्तिकाको अग्रपृष्टमा उल्लिखित उ.पु. खण्डमा देखिने गरी जुन खण्डको उत्तर लेखेको हो सोही खण्ड जनाउन सबै उम्मेदवारलाई सूचित गरेको छ ।

    परीक्षा केन्द्रले समेत उत्तरपुस्तिकाको पोका बनाउँदा रोल नम्बरको क्रममा खण्ड अनुसार अलगअलग पोका बनाइ उक्त दुवै पोकालाई ठूलो पोकामा राखी आयोगमा पठाउने व्यवस्था गर्न निर्देश्न दिएको छ ।

    दुबै खण्डको उत्तर एउटै उत्तरपुस्तिकामा लेखेमा वा मिसाएर लेखेमा त्यस्तो उत्तरपुस्तिका रद्द हुने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

    image-8-1086x1536.png

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology