Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

माओवादी केन्द्रकाे विद्यार्थी संगठनमा विवाद : पञ्चा सिंहलाई पदमुक्त गर्न कार्की समूहको माग

माओवादी केन्द्रकाे विद्यार्थी संगठनमा विवाद : पञ्चा सिंहलाई पदमुक्त गर्न कार्की समूहको माग

  • 540
    SHARES
  • माओवादी केन्द्रकाे विद्यार्थी संगठनमा विवाद : पञ्चा सिंहलाई पदमुक्त गर्न कार्की समूहको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई पदमुक्त गर्न माग गरेको छ ।

    संगठनभित्रको विवादबारे स्पष्ट पार्न रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो ।

    विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न कार्की समूहले माग गरेको हो । उनीहरूले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र स्थायी कमिटीको सदस्यहरूसम्म माग पुर्याइसकेको जानकारी दिएका हुन् ।

    अध्यक्ष सिंहले अवैधानिक रूपमा सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय कमिटी घोषणा गरेको उनले आरोप लगाए । ‘पञ्चा सिंहले अवैधानिक रूपमा सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय कमिटी घोषणा गर्नुभो, कुनै विधि, मापदण्डअनुसार होइन्, फेसबुकमार्फत केन्द्रीय कमिटी सार्वजनिक गर्नुभयो । हिजोका आयोजक समितिलाई ल्याउने राख्ने र नयाँ साथीहरूलाई अपडेट गर्ने कुनै मापदण्ड बनाइएन र उहाँसँग नजिक भएकाहरूलाई केन्द्रीय कमिटिमा पार्नुभयो, नभएका साथीहरूलाई छुटाउनुभयो, हटाउनुभयो, त्यतिबेला नै हामीले अवैधानिक छ भनेका थियौं ।’  

    289055524_1682204835489470_6032512122577534253_n.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij