Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाग्लुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन गरिने

बाग्लुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन गरिने

  • 396
    SHARES
  • बाग्लुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन गरिने

    बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बाग्लुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बाग्लुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको हो ।

    यसका लागि संघीय सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिए ।

    सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ । ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते-गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो ।

    गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलसँग छलफल गरी बाग्लुङको अछेत-बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए ।

    आगमी आर्थिक वर्षमा संभाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij