Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पाँच शय्याको अस्पताल निर्माण गरिँदै

पाँच शय्याको अस्पताल निर्माण गरिँदै

  • 532
    SHARES
  • पाँच शय्याको अस्पताल निर्माण गरिँदै

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका-६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिए ।

    उनले भने, ‘अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर सबैको सहमतिमा पास भएको छ ।’

    अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयवासीलाई राहत मिल्ने छ । गाउँमा सुत्केरी गराउनेको संख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागिपरेको अध्यक्ष चौलागाईले जानकारी दिए ।

    अस्पताल निर्माणका लागि सोही गाउँपालिका-६ निवासी विष्णु रोकायाले ३ हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । निःशुल्क दिइएको जग्गा पालिकाका नाममा पास भएर आइसकेको छ ।

    अस्पताल निर्माण भएपछि यहाँका सबै वडाका स्थानीयवासीले सहजैरूपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । २० लाख लगानीमा डिपिआर तयार भएको छ ।

    अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चिततासमेत गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij