Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रहरी महानिरीक्षक सिंहद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

प्रहरी महानिरीक्षक सिंहद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

  • 487
    SHARES
  • प्रहरी महानिरीक्षक सिंहद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

    काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले  बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको निरीक्षण गरेका छन् ।

    सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको निरीक्षण गरेका थिए ।

    महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपणसमेत गरेका छन् ।

    निरीक्षण पश्चात आयोजित कार्यक्रममा सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमहरूको प्रशिक्षण म्यानुअल हस्तान्तरण गरेका थिए ।

    महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा नवप्रवेशीलाई प्रहरी बनाउन र उन्नत तालिमका प्रशिक्षार्थीहरूलाई व्यावसायिक बनाउन प्रशिक्षकको भूमिका अहम हुने बताएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij