Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भारतमा कोभिड संक्रमितको सक्रिय सङ्ख्या ८१ हजार नाघ्यो

भारतमा कोभिड संक्रमितको सक्रिय सङ्ख्या ८१ हजार नाघ्यो

  • 430
    SHARES
  • भारतमा कोभिड संक्रमितको सक्रिय सङ्ख्या ८१ हजार नाघ्यो

    एजेन्सी, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार २४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् ।

    यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।

    भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् । 

    राष्ट्रिय कोभिड संक्रमणमुक्त दर ९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij