Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क घट्यो

इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क घट्यो

  • 444
    SHARES
  • इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क घट्यो

    काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

    इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब १ हजार ६०० कायम गरिएको छ । यसअघि २ हजार शुल्क रहेकोमा टेलिकमले ४०० घटाएको हो ।

    यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर २ हजार ३०० रहेकोमा घटाएर १ हजार ६०० बनाइएको छ ।

    ५१ देखि १०० एमबिपीएसको २ हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल १ हजार ९०० रहेकोमा दुवैको महसुल दर घटाएर १ हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

    उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल २ हजार ७०० रहेकोमा २ हजार ४०० बनाइएको छ ।

    यसैगरी ११ देखि १०० एमबिपीएसको २ हजार ४०० बाट घटाएर २ हजार १००, १०० एमबिपीएसभन्दा बढीको २ हजार १०० बाट १ हजार ८०० कायम गरिएको छ ।

    नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

    उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिङ क्षमता सधैं बराबर रहनुका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij