वेबटिभी खबर
पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्रयाक्टर वितरण गरेको छ ।
कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्रयाक्टर वितरण गरिएको हो ।
बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर (सुवास) योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिलाई हाते ट्रयाक्टर वितरण गरेका छन् ।
कृषक समूह तथा सहकारीसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी रकमबाट हाते ट्रयाक्टर वितरण गरिएको हो । १२ लाख ५८ हजारको लागतमा १७ थान ट्रयाक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
कृषि यान्त्रिकीकरणलाई सम्वर्द्धन गर्दै कृषिउपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्रयाक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij