वेबटिभी खबर
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरूपयोग गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरूपयोग गरेको आरोप लगाएका हुन् ।
सरकारले राज्यशक्तिको दुरूपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको ओलीको आरोप छ ।
उनले भने, ‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु । पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरूपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ । यसपटक त्यो तहसम्म पुगेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij