वेबटिभी खबर
काठमाडौं । शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्येरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।
राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ की प्रभा भण्डारीले बताइन् । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलकोरूपमा ह्युमपाइप हालिएको थियो ।
अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij