वेबटिभी खबर
काठमाडौं । हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ । सोरू गाउँपालिका वडानम्बर १, २ र ४ का तीन जनालाई व्यवसायीक रूपमा मौरी पाल्न मिल्ने गरि मौरी र बाकस वितरण गरिएको हो ।
टिडी एज बिएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत उनीहरूलाई मौरी वितरण गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरू शाहीले बताइन् ।
उनका अनुसार कृषि समूहअन्तर्गत सोरू गाउपालिका-१ का मनदेवी शाही, वडानम्बर-२ बाँचेका नाथ योगी र वडानम्बर-४ का साउनी बुढालाई मौरीसहित बाकस वितरण गरिएको हो ।
त्यस्तै मौरी संरक्षणमा आवश्यक पञ्जा, हेल्मेट, चक्कु पनि वितरण गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij