वेबटिभी खबर
काठमाडौं । चैतको अन्तिमसाता ससम्पन्न भारतस्थित हरिद्वारमा आयोजित कुम्भ भेलामा सहभागी भएर नेपाल आएका ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त मेलामा सहभागि भएर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमित भएपछि तीन दिनअघि अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजासहित उनको परिवारका सदस्यहरुलाई प्लाज्मा थेरापीसहित अहिले अक्सिजन दिएर अस्पतालमा उपचार गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उक्त कुम्भ मेलामा सहभागि भएर नेपाल फर्किएकामध्ये ७५ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उक्त मेलामा सहभागि भएर फर्किएका झन्डै १ लाखमध्ये कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्दा ७५ प्रतिशतमा भाइरस संक्रमण पुष्टि भएको हो ।
भारतमा बीजेपीको आलोचना
मेलामा सहभागि भएर दिल्ली फर्कनेलाई भारतले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्देशन दिएको थियो ।
भारतीय अधिकारीहरुकाअनुसार कुम्भ मेलामा भाग लिएर फर्किएकाबाटै बिहार, उत्तर प्रदेश लगायतका राज्यमा समेत संक्रमण फैलिएको छ ।
उक्त मेलाबाट भारतमा कोरोना फैलिएको भन्दै सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) को आलोचना भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij