Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रूपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरूद्धको खोप

रूपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरूद्धको खोप

  • 373
    SHARES
  • रूपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरूद्धको खोप

    काठमाडौं । रूपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउने जिल्ला रहेको छ ।

    स्वास्थ्य कार्यालय रूपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरूद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रूपन्देहीमा यो तथ्यांक शतप्रतिशतभन्दा बढी छ ।

    हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरूलाई कोभिड खोप दिएकोमा रूपन्देहीमा लक्षित समूहको १०२ प्रतिशतले पहिलो र १०५ प्रतिशत अर्थात ८ लाख ४२ हजारले  पूर्ण खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

    रूपन्देहीमा ८ लाख ३५ हजार ७९० जना १२ वर्षमाथिका लक्षित समूह थिए । अन्य जिल्लाबाट काम गर्न आउन, सुरक्षाकर्मी, तथा बसाई गरिरहेका नागरिकले पनि रूपन्देहीबाट खोप लिएकोले लक्षितभन्दा बढी प्रतिशत देखिएको हो ।

    अन्य जिल्लामा पहिलो डोज खोप लगाएका तथा अन्य जिल्लाबाट बसाइसराई गरि आएकाहरूले समेत दोस्रो डोजको खोप लगाएको कारण यहाँ मात्रा बढेको शर्माको भनाइ छ ।

    पूर्ण खोप लिएकामध्ये तीन लाखले बुस्टर खोपसमेत लिइसकेको कार्यालयले जानकारी दिएको छ । चैतबाट सुरु भएको बुस्टर खोप लगाइने गरिएकोमा १८ वर्षमाथिका ७ लाखमध्ये सो संख्यामा उक्त खोप लिएका छन् ।

    नेपालको १३ जिल्लामा खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा कम रहेकोमा सो सूचिका लुम्बिनी प्रदेशको एक जिल्ला मात्रै परेको छ । समग्रमा प्रदेशको खोप लिनेको संख्या सन्तोषजनक भएपनि बाँकेमा मात्र ६८ प्रतिशतले पूर्ण खोप लिएका छन् ।

    रूपन्देहीमा भने लक्ष्यभन्दा बढीले खोप लिएका छन् । पहिलो मात्रा लिने र दोस्रो मात्रा लिनेको संख्यामा कमी आए पनि लक्षित समूहभन्दा बढीले खोप लिइसकेका खोप अधिकृत शर्माले जानकारी दिए ।

    १६ पालिका रहेको रूपन्देहीमा सात पालिका पूर्ण खोप घोषणा भइसकेको छ भने अन्य पालिकाहरू पूर्ण खोप लिई घोषणाको प्रक्रियामा छन् ।

    रूपन्देहीको सैनामैना, तिलोत्तमा, मर्चवारी, ओमसतिया, रोहिणी, सियारी सुद्धोधनले पूर्ण खोप घोषणा गरिसकेको खोप अधिकृत शर्माले बताए । हालसम्म १२ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइएकोमा, शनिबारबाट रूपन्देहीमा ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरूद्धको खोप लगाउन सुरु भएको छ ।

    दुई चरणमा लगाइने गरि जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाइजरको खोप हो । ९१ प्रतिशतबढी खोपको प्रभावकारिता रहेको फाइजर बायोएनटेक खोप सबैभन्दा सुरक्षित रहेकाे जनाइएकाे छ ।

    रूपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ वर्ष उमेर समूहका एक लाख ४४ हजार ८५५ जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij