Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विपद्काे जोखिमबाट जोगिन र सजगता अपनाउन महानगरको आग्रह

विपद्काे जोखिमबाट जोगिन र सजगता अपनाउन महानगरको आग्रह

  • 369
    SHARES
  • विपद्काे जोखिमबाट जोगिन र सजगता अपनाउन महानगरको आग्रह

    पोखरा । अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिरोले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

    महानगर प्रमुख धनराज आचार्यले एक अपिल सूचना प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेका हुन् ।

    पोखरा-२५ हेम्जामा घर डुबानमा परेको तथा केही घरमा क्षति पुगेको, पोखरा-४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा-१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर-१९ पुरुनचौरलगायत विभिन्न स्थानमा जमिन भासिनुका साथै ग्रामीण तथा सहरी सडकसमेत अवरूद्ध हुन पुगेको महानगरले जनाएको छ ।

    महानगर प्रमुख आचार्यले प्रभावित स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवाला संस्थासँग सहकार्य गर्दै राहत उद्वार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिए ।

    अपिलमा भनिएको छ, ‘बाढी, पहिरो र डुबानलगायत कारण उत्पन्न विपद्को यो क्षणमा बर्सातका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरूको बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्वसूचना र संकेतका आधारमा जोगिने उपाय खोज्न र विपत्तिमा सम्बन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।’

    केही दिनयताको वर्षाका कारण शनिबार पोखरा-२५ हेम्जामा ३०० घर डुबानमा परेको थियो । सोही ठाउँको पहिराले दुई घर पूर्ण क्षति भएको छ भने एक दर्जन घर जोखिममा छन् । त्यसैगरी आज बिहान पोखराको गैह्रापाटनमा पक्की सडक भासिएको थियो भने एक घरमा क्षति पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij