Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो 

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो 

  • 771
    SHARES
  • ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो 

    काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमण मृत्यु हुनेको संख्या चार लाखभन्दा धेरै पुगेको छ । अमेरिकापछि ब्राजिल कोरोनाबाट मृत्यु हुने देशको सूचीमा दोस्रो स्थानमा छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार १ जनाको मृत्यु भएको छ ।

    यसभन्दा अगाडि अप्रिलको सुरुमा ब्राजिल महामारीको चरम सीमामा हुँदा दैनिक ४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो । त्यहाँ कोरोनाविरुद्धको खोप अभियान सुस्त छ । महामारी नियन्त्रण गर्न नसकेपछि राष्ट्रपति जयर बोल्सोनारोको व्यापक आलोचना भएको छ ।

    बोल्सोनारो लकडाउन र मास्कको विरोधमा थिए, उनले महामारी सुरु भएको समयमा प्रमाणित नभएको औषधि प्रयोग गर्न सिफारिस गरेका थिए । सांसदहरूले महामारी नियन्त्रणमा सरकारले उठाएकाे कदमकाे जाँच गर्न सुरू गरेका छन् । 

    कोरोना नियन्त्रण गर्न राष्ट्रिय स्तरमा समन्वयको अभाव र नयाँ भेरिएन्टका कारण महामारी बढी घातक भएको मानिएको छ । स्वास्थ्य प्रणाली कमजोर बन्न पुगेको धेरै राज्य तथा सहरमा प्रशासनले लगाएको प्रतिबन्ध पछि संक्रमण दर कम भएको थियो, तर अहिले ती स्थान पनि खुला गरिसकिएको छ । 

    देशका ९० प्रतिशत आइसियू बेड भरिएका छन् । ब्राजिल सरकारको स्वास्थ्य संस्था फिओक्रूजको अनुसार अवस्था अझै गम्भीर छ । ब्राजिलमा अहिलेसम्म एक कराेड ४४ लाख मानिस संक्रमित भइसकेका छन् । 

    कोरोनाबाट अति प्रभावित ब्राजिलले आफै खोप बनाउन सुरु  कोरोनाबाट अति प्रभावित ब्राजिलले आफै खोप बनाउन सुरु 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij