Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नयाँ मन्त्रीहरूको सपथ आज

नयाँ मन्त्रीहरूको सपथ आज

  • 432
    SHARES
  • नयाँ मन्त्रीहरूको सपथ आज

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको सपथ आज हुने भएको छ।

    आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए ।  

    राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ आज सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुनेछ । 

    पुनर्गठित मन्त्रिमण्डलमा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ । 

    एकीकृत समाजवादीका मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij