Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्थानीय उत्पादनमा कर छुट

स्थानीय उत्पादनमा कर छुट

  • 406
    SHARES
  • स्थानीय उत्पादनमा कर छुट

    तनहुँ । व्यास नगरपालिका कार्यालयले कृषि व्यवसायमा लाग्ने स्थानीय उत्पादन कर नलिने भएको छ । कृषिसँग सम्बन्धित पशुपक्षी, माछा, फलफूल, तरकारी र दूधलगायतका स्थानीय उत्पादनमा लाग्ने करमा नगरपालिकाले छुट गरेको हो ।

    नगरपालिकाले दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर १ र सहकारीमार्फत बिक्री हुने खसीबोकामा प्रतिकिलो १० का दरले सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ ।

    व्यास नगरपालिकाको हालै सम्पन्न ३७औं नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट तथा नीति कार्यक्रमले पनि उक्त कार्यक्रमलाई पारित गरेको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।

    सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर सम्पत्ति कर एवम् भूमि कर, घरनक्सा पास दस्तुर, खानीजन्य ढुंगा, गिटी, बालुवा, ग्रावेल, रोडा, स्लेट ढुंगा चुनढुंगा, ब्लक, इँटा, कटिङ, कबाडी सामान र काठ आदिमा लिइने दस्तुर सामान्य हेरफेर गरी करको दायरा फराकिलो बनाउन लागेको उपप्रमुख दरैले बताइन् ।

    आगामी बजेटमा कृषि क्षेत्रको जैविक तथा आधुनिकीकरणमा विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, पर्यटन क्षेत्रको एकीकृत विकासमा जोड दिइएको छ ।

    त्यसैगरी सडक, खानेपानी, खेलकुद मैदान, कार्यालय भवन, पार्क निर्माणलगायत पूर्वाधारको विकास, उत्पादनमूलक उद्योगमैत्री कार्यक्रम र मानव संशाधनको विकास र सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij