Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

  • 350
    SHARES
  • सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

    काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो ।

    उक्त अवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । यसले १० असारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । 

    बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ४० लाख इकाइ ऋणपत्र जारी गरेको हो । यसमध्ये २४ लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij