वेबटिभी खबर
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।
संसद्मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘समाजमा सीमान्तकृत महिलाहरूको समस्या छ । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ ।’
उनले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij