Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने

  • 768
    SHARES
  • पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने

    काठमाडौं । पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ ।

    कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ ।

    उपमेयर मन्जुदेवी गुरूङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

    नगरभित्र रहेका सबै सामुदायिक विद्यायलका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ ।

    त्यस्तै पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ ।

    बालविकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ ।

    शिक्षिकाहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij