Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा ६ जनाको मृत्यु

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा ६ जनाको मृत्यु

  • 366
    SHARES
  • चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा ६ जनाको मृत्यु

    काठमाडौं । कैलाली, कञ्चनपुर, रूपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ ।

    कैलालीको गोदावरी नगरपालिका-३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाई गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

    यसैगरी कैलालीकै कैलारी गाउँपालिका-१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

    चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    कञ्चनपुरको पुर्नवास नगरपालिका-६ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका-८ बस्ने २५ वर्षीया शारदा थापाको आ-आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

    रूपन्देहीको सियारी गाउँपालिका-२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

    रामग्राम नगरपालिका-१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij