Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या घढ्दै

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या घढ्दै

  • 359
    SHARES
  • कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या घढ्दै

    ताप्लेजुङ । हिउँ चितुवाको आहाराको रूपमा रहेको नाउरको संख्या पछिल्लो समय घढ्दै गएको छ । ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको संख्या क्रमिकरूपमा घढ्दै गएको हो ।

    कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्तरूपमा कञ्चजंघा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख आहाराको रूपमा नाउर मानिन्छ ।

    विसं २०७३ मा भाले पोथी गरी २ हजार २०० को संख्यामा नाउर रहेको परिषद् तथ्यांकमा उल्लेख छ । यसपछि विसं २०७७ को गणनामा भाले-पोथी गरी १ हजार ४२१ नाउर भेटिएको थियो ।

    विसं २०७७ मा कोभिड-१९ का कारण चार ब्लगमध्ये गोला-मौमा ब्लग क्षेत्रमा भने गणना हुन सकेको थिएन । भर्खरै सम्पन्न भएको २०७८ को नाउर गणनामा विगतको तुलनामा कमी आएको देखिएको छ ।

    अहिलेको तथ्यांकअनुसार भाले-पोथी गरी १ हजार ६४८ नाउर कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको देखाएको छ । राम्जेल ब्लग वयस्क भाले ७ अर्धवयस्क भाले २२, तरुण भाले ४४ र किशोर भाले ४८ रहेको संरक्षण क्षेत्रले जनाएको छ ।

    त्यस्तै बच्चा नाउर ३३ र पोथी ७३ गरी राम्जेल ब्लग क्षेत्रमा २२७ वटा नाउरको तथ्यांक छ । घुन्सा-खाम्वाचेन ब्लग क्षेत्रमा वयस्क भाले ७१, अर्धवयस्क भाले ६२, तरुण भाले ६७ र किशोर भाले ५८ वटा रहेका छन् । बच्चा ३६ र पोथी १५७ गरी जम्मा ४५१ वटा घुन्सा-खाम्वाचेन ब्लग क्षेत्रमा रहेको तथ्यांक छ ।

    याङमा ब्लग क्षेत्रमा ७४ वयस्क भाले, ७७ अर्धवयस्क भाले, ११२ तरुण भाले र ८१ किशोर भाले रहेको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए ।

    यस्तै १२ बच्चा, १५७ पाथी र पहिचान नखुलेको ३४ वटा गरी ५४७ नाउर याङमा क्षेत्रमा रहेका छन् । गोला-मौमा ब्लग क्षेत्रमा ६६ वयस्क भाले, ५५ अर्धवयस्क भाले, ६३ तरुण भाले र ७१ किशोर भाले  छन् ।

    दुई बच्चा, १५८ पोथी र आठ पहिचान नखुलेको नाउर गोला-मौमा क्षेत्रमा रहेको उनले जानकारी दिए । गत वर्ष गरिएको गणना घुन्सा खम्बाछेन ब्लग क्षेत्रमा ६४२ नाउर रहेको गणनाको तथ्यांकमा आएको छ ।

    याङमा ब्लग क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ नाउर रहेको कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको संख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ ।

    पोथी ४९५ र ८१६ भाले, ८० वटा बच्चा रहेको गणनाको तथ्यांकले जनाएको छ । २७ नाउर भालेपोथी नछुट्टिएका नाउर रहेका थिए । २०८ नाउर वयस्क र  २०७ नाउर तरुण भाले, २०६ नाउर किशोर अवस्थाको रहेको तथ्यांकले जनाएको छ ।

    १९८ अर्धवयस्क उमेरको नाउर रहेको कार्यालयले जनाएको छ । कञ्चनजंगा क्षेत्रमा नाउरको बासस्थान तथा चरनको अध्ययन अवलोकन गर्न चारवटा क्षेत्र (ब्लग)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्थाबारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए ।

    ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लगमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको उनले जानकारी दिए । संरक्षण क्षेत्रकामा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ ।

    नारउ र हिउँ चितुवालागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई जिम्मेवारी दिएको घुन्सा ब्लग हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए । वन्यजन्तुबाट घरपालुवा जनवारहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

    वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरू नाउर गणनामा परिचालन हुने गर्दछ । ब्लग विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमांकन गरिएको छ ।

    यसले गणनामा दोहोरिने कम सम्भावना रहेको कार्यालयल सचिव मनकुमार लिम्बूले बताए । समुद्र सतहदेखि ५ हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने हिउचितुवाको आहाराकारूपमा रहेका नाउरहरूको अवस्था बारेमा बुझ्न समय-समयमा गणना हुँदै आएको छ ।

    कञ्चनजंगा क्षेत्रमा घुन्साबाट पाङपेमा बेस क्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजंगा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लग क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए ।

    समुद्र सतहदेखि ३ हजार ८०० को उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्दै आइएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ ।

    सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजंगा क्षेत्रले जनाएको छ । संरक्षण क्षेत्रमा २०६० मा १२ हिउँ चितुवा रहेको अनुमान गरिएकामा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजंगा संरक्षण क्षेत्रले जनाएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान छ ।

    हिउँ चितुवाको मलमूत्र परीक्षणका आधारमा पनि त्यस क्षेत्रमा उक्त संख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij