वेबटिभी खबर
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरूद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ ।
माथिबाट पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग डोजरको सहायताले पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौं सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरूद्ध नै रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरूद्ध रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij