वेबटिभी खबर
काठमाडौं । कास्की, मोरङ, सिरहा र रूपन्देहीमा चार जना मृत फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका-३१ बेगनास तालको अँधेरी कुनामा एक व्यक्ति मंगलबार मृत फेला परेका छन् ।
उनी सोही महानगरपालिका-३० शिशुवा बस्ने मोरङ बेलबारी नगरपालिका-१ घर भएका ४० वर्षीय केतुनाथ राई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिका-६ सरोचियास्थित सडकको नालीमा सोही महानगरपालिका-५ बस्ने ३० वर्षीय सन्तोष मण्डल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिरहाको गोलबजार नगरपालिका-३ जम्दह बस्ने ३६ वर्षीया प्रेमकुमारी सादा सोही नगरपालिका-३ जम्दहस्थित सार्वजनिक तुल्लेवाल पोखरीमा मंगलबार दिउँसो मृत फेला परेकी छिन् ।
सोमबार भैंसी चराउन गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा पाेखरीमा डुबेकाे अवस्थामा उनको शव फेला परेको थियाे । रूपन्देहीको सियारी गाउँपालिका-३ सितापुरस्थित तिनाउ नदीको किनारामा हाल परिचय नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत फेला परेकी छिन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij