Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, ३ घाइते

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, ३ घाइते

  • 363
    SHARES
  • चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं । देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरू सबैको मंगलबार मृत्यु भएको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रूपन्देहीको सियारी गाउँपालिका-२ बरेवा बस्ने ४५ वर्षीय एक पुरूषको घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ ।

    नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका-१० लक्ष्मीपुरामा खेल रोप्ने क्रममा ६० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर वेहोश भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    कागलुङको काठेखोला गाउँपालिका-४ तग्राम फापरखेत बस्ने २८ वर्षीया एक महिलाको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    बाँकेको राप्ती सोनारी गाउँपालिका-३ नारायणपुर बस्ने ७ वर्षीय एक बालकको घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ औराहा रेन्ज बस्ने ३२ वर्षीय एक पुरूषको खेतमा आली लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ बेलगाउँका ४२ वर्षीय एक पुरूषको गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।

    कैलालीको कैलारी गाउँपालिका-१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया एक महिलाको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    कैलालीको कैलारी गाउँपालिका-३ मा चट्याङ लागेर दुई जना पुरूष घाइते भएका छन् ।

    त्यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने १३ वर्षीया बालिकाको घरको आगानमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij