Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

फिलिपिन्समा नयाँ राष्ट्रपतिको सपथ आज

फिलिपिन्समा नयाँ राष्ट्रपतिको सपथ आज

  • 382
    SHARES
  • फिलिपिन्समा नयाँ राष्ट्रपतिको सपथ आज

    एजेन्सी, मनिला । फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा सपथ लिँदैछन् ।

    images

    गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी भएका थिए ।

    उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एेतिहासिक विद्रोहपछि फर्डिनान्ड मार्कोस  सत्ताच्युत भएका थिए । 

    मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो ४ बजे राजधानी मनिलास्थित राष्ट्रिय संग्रहालयमा पद तथा गोपनियताको सपथ लिनेछन् ।

    मनिलाको सर्वोच्च अदालतले कर छलीको अभियोगमा नयाँ राष्ट्रपतिलाई पदभार ग्रहण गर्न अयोग्य नभएको फैसला गरेको केही दिनपछि सपथ हुन लागेको हो ।

    निर्वाचनमा निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका छोरी उपराष्ट्रपतिमा विजयी भएकी छिन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology