Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

निषेधाज्ञाको असर, घटे आन्तरिक उडान 

निषेधाज्ञाको असर, घटे आन्तरिक उडान 

  • 1.2K
    SHARES
  • निषेधाज्ञाको असर, घटे आन्तरिक उडान 

    काठमाडौं । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । 

    निषेधाज्ञाको दोस्रो दिन शुक्रबार जम्मा ७७ उडान मात्र भएको विमानस्थल कार्यालयले जनाएको छ । बिहीबारको तुलनामाा यो संख्या आधाभन्दा कम हो । शनिबार यो संख्या घट्ने बताइएको छ । 

    शनिबारका लागि ६५ उडान निर्धारण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले बताए । निषेधाज्ञाका पहिलो दिन विमानस्थलमा आन्तरिकतर्फ कूल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यीमध्ये काठमाडौबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौं भित्रिएका विमानस्थलले जनाएको छ ।

    निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij