Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई माओवादीको दबाब

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई माओवादीको दबाब

  • 380
    SHARES
  • निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई माओवादीको दबाब

    काठमाडौं । लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ ।

    अर्थमन्त्री रामजी बराललाई बोलाएर उक्त कार्यक्रम समावेश गरि बजेटमाथिको छलफल प्रारम्भ गर्न सहजीकरणका लागि माओवादीले दबाब दिएको हो ।

    ‘सबैले चाहेको कार्यक्रम हो त्यो । तर अर्थमन्त्रीज्यूले छुटाउनुभएको छ,’ माओवादीका एक सांसदले भने, ‘नाम फेरेर भए पनि उक्त कार्यक्रम समावेश हुनुपर्छ भनेर निर्देशन दिएका छौँ ।’

    यसअघिका वर्षहरूमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड रूपैयाँ सांसदहरूले आफूखुसी वितरण गर्न पाउँथे ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र गठबन्धनको संयुक्त बैठकको निर्णयलाई समेत अटेर गरि अर्थमन्त्री रामजी बरालले उक्त कार्यक्रम काटिदिएपछि अहिले संसद अनिर्णित भएको छ । मध्यअसार कटिसक्दा संसदमा बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij