Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बाँकेका तीनजनामा कोरोना पुष्टि

बाँकेका तीनजनामा कोरोना पुष्टि

  • 391
    SHARES
  • बाँकेका तीनजनामा कोरोना पुष्टि

    नेपालगञ्ज । बाँकेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शंकास्पद तीनजनाको नमूना परीक्षण गर्दा आज उनीहरूमा संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

    images

    उनले २ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरू होम आइसोलेशनमा बसेको बताए । कोभिड पुष्टि भएका दुई नेपालगञ्ज-१८ र एकजना नेपालगञ्ज-१० का हुन्।

    केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरूमा पनि संक्रमण देखिन थालेको छ । फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर खोप लगाउनसमेत आग्रह गरेका छन् ।

    सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेरसमेत नियमित कोरोनाको परीक्षण हुँदै आएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology