Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा चन्दननाथ पहिलाे

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा चन्दननाथ पहिलाे

  • 386
    SHARES
  • १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा चन्दननाथ पहिलाे

    काठमाडौं । १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ नगरपालिका प्रथम, हिमा गाउँपालिका द्धितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् । १५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो ।

    प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार६ विधामा खेल खेलाइएको थियो ।

    यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामाको  शिल्ड जितेको छ ।  मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।

    यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने कनकासुन्दरी द्धितीयमा भएको थियो ।महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्धितीयमा चन्दननाथ नगरपालिका भएको छ ।

    कब्बडीमा चन्दननाथ प्रथम, कनकासुन्दरी गाउँपालिका द्धियित भएको आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij