Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा

पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा

  • 370
    SHARES
  • पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा

    खोटाङ । रावाबेंसी गाउँपालिका-६ हौंचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिरोले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो ।

    उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीले बताए ।

    कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए । ‘पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौं, यो गाउँका सबै घर उच्च जोखिममा छन्’, उनले भने, ‘जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ ।’

    पहिरोले स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन् ।

    चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिरोले लाखौंको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij