वेबटिभी खबर
वासिङटन । अमेरिकी सरकारले कोरोना महामारी तीवरुपमा फैलिएको भारतबाट आफ्नो मुलुक आउन प्रतिवन्ध लगाएको छ ।
संक्रमण फैलने डरले अमेरिकाले भारतबाट आउनेलाई प्रतिवन्ध लगाएको हो । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन् ।
भारतमा रहेका अमेरिकी नागरिकलाई भने यो प्रतिवन्ध लागू हुने छैन् । भारतबाट फर्कने आफ्ना नागरिकलाई भने कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।
भारतबाट महामारी सर्ने डरले अष्ट्रेलियाले पनि आवागमनमा प्रतिवन्ध लगाएको छ ।
अष्ट्रेलियाले त आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ ।
शनिबार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।
महामारी फैलिन नदिनका लागि भारतलगायतका कोरोनाभाइरसबाट अति प्रभावित मुलुकबाट आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।
भारतबाट अष्ट्रेलिया आउन नपाइनेसम्वन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने छ । अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
भारतबाट आएका यात्रुबाट कोरोना भाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij