Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु

सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु

  • 394
    SHARES
  • सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु

    काठमाडौं । इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिला रहेको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ ।

    रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको मन्त्रालयले आइतबार फेसबुक पेजमा जनाएको छ ।

    अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको जनाइएको छ ।

    ६८ वर्षीया ती महिला इजिप्टमा छुट्टी मनाउन गएकी थिइन् । अस्ट्रियाको विदेश मन्त्रालयले इजिप्टमा आफ्नो देशको नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

    त्यस्तै रोमानियाको विदेश मन्त्रालयले पनि आफ्नो नागरिकको इजिप्टमा सार्क आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ ।

    यसैबीच दुई महिलाको मृत्युपछि तीन दिनसम्म सम्पूर्ण तटीय क्षेत्र बन्द गर्न रेड सीका गर्भनरले निर्देशन दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij