वेबटिभी खबर
काठमाडौं । सोमबार नियुक्त भएका ३ जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
नवनियुक्त मन्त्रीहरूले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij