वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन् । प्रतिनिधि सभाको बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदमा सम्बोधन गर्न लागेका हुन् ।
त्यस्तै बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन माओवादी केन्द्र तयार देखिएको छ । संसदमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।
आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप छ ।
बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको जवाफ दिएपछि अर्थमन्त्री शर्मा थप विवादमा तानिएका छन् । उनको अहिले चौतर्फी विरोध भइहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij