वेबटिभी खबर
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बुधबारदेखि अनिश्चितकालका लागि बिदामा बसेका छन् ।
बजेट बनाउने बेलको विषयलाई लिएर अहिले अर्थमन्त्रालय नै विवादमा परेका बेला मरासिनी बिदामा बसेका हुन् ।
उनले यसबारे प्रधानमन्त्री, अर्थमन्त्री र मुख्य सचिवलाई जानकारी गराएको बताइएको छ ।
अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेपछि निमित्त कसैले पाएका छैनन् । राजस्वसचिव कृष्णहरि पुष्कर अहिले विदेशमा छन् ।
मरासिनी अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले रहुन्जेल हाजीर नहुने गरि बिदामा बसेको बालुवाटार निकट स्रोतले जनाएका छ ।
एकदमै आकर्षक मानिने अर्थसचिवमा अहिले कसैले रुचि देखाएका छैनन् ।
बजेट निर्माणकै बेलाको विवादले अर्थमन्त्रालय जाँदा फँसिने डर कर्मचारीमा देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij