Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूको दबाब

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूको दबाब

  • 407
    SHARES
  • अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूको दबाब

    काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरि कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसका नेताहरूले दबाब दिन थालेका छन् ।

    प्रधानमन्त्री देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगन थापा, शेखर कोइरालासम्मले सार्वजनिक रूपमा नै दबाब दिएका छन् ।

    सो दिनको घटनाको सीसीटिभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रूपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् ।

    कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् । उनले एक कार्यक्रममा यस्ताे धारणा राखेका हुन् ।

    ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्दा ठिक हुने उपसभापति खड्काको धारणा छ ।

    त्यस्तै उपसभापति धनराज गुरुङले छानबिन समिति गठन गर्नुपर्ने बताउँदै आएका छन् । उनले छानबिन समिति गठनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने तीनवटा मोडेल अघि सारेका छन् ।

    ‘संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत निगरानी गरिन्छ,’ गुरुङले भनेका छन्, ‘सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ ।’

    त्यस्तै महामन्त्री गगनकुमार थापाले विवादमा मुछिएका अर्थमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । ‘अर्थमन्त्री विवादमा मुछिनु भएको छ, उहाँले तत्काल राजीनामा दिनुपर्छ ।’थापाले एक कार्यक्रममा भनेका थिए ।

    यसैगरी शेखर कोइराला र उनका समूहले पनि राज्यविरूद्ध गम्भीर अपराध गरेको भन्दै अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्तु गर्नुपर्ने धारणा राखिसकेका छन् ।

    कोइराला समूहको गत बिहीबार बसेको बैठकमा बोल्ने अधिकांश नेताले अर्थमन्त्री शर्माले राजीनामा दिलाउन लगाएर प्रधानमन्त्री देउवाले छानबिन गराउनुपर्ने धारणा राखिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij