वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थमन्त्री शर्माले मध्यरातमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र राजश्वका दरहरू परिवर्तन गरेको आरोप खेपिरहेका शर्माले राजीनामा दिनुपर्ने नेता पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत बताएका हुन् ।
‘निरन्तर रूपमा चौतर्फी विरोध उठीसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्यतथ्य छानबिनका लागि मार्ग प्रसस्त गर्नुपर्छ,’ नेता पौडेलले भने ।
देशको अर्थ मन्त्रालय जस्तो महत्त्वपूर्ण निकायको काम कारबाहीमा प्रश्न उठेपछि सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नु उसको जिम्मेवारी भएको नेता पौडेलको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij