वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कानुनअनुसार नै आफूले आर्थिक वर्ष २०७९/८० को बजेट बनाएको प्रष्ट पारेका छन् ।
बजेट निर्माणको बेला बाहिरको मान्छे ल्याएर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको थियो ।
उनले बुधबार संसदमा बोल्दै बजेट निर्माण गर्दा कानुन र नियम पालना गरेको बताए ।
उनले भने, ‘मैले अरुले जस्तो बीमा रकम हिनामिना गरेको छैन । बच्चाले खाने दूधको मूल्यवृद्धि गरेर चकलेटको कर घटाएको छैन । छानबिन समितिलाई स्वागत छ । समितिले छानबिन गरे हुन्छ । एउटा हाेइन, हजाराैं छानबिनका लागि म तयार छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij