वेबटिभी खबर
काठमाडौं । डिभिजन वन कार्यालय लमजुङले पछिल्लो १० वर्षमा वन्यजन्तुबाट पीडित भएका व्यक्तिहरूका लागि १६ लाखबढी रकम राहत स्वरूप खर्च गरेको छ ।
वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्यालय लमजुङले सम्बन्धित व्यक्तिहरूलाई सो रकम राहत उपलब्ध गराएको हो ।
कार्यालयले आर्थिक वर्ष ०६९/०७० देखि चालु आर्थिक वर्ष ०७८/०७९ सम्मको अवधिमा १६ लाख ४२६ रूपैयाँ राहत रकम वितरण गरेको जनाएको छ ।
वन कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधिमा वन्यजन्तुका आक्रमणबाट पशुधन क्षति भएका पीडित परिवारलाई १२ लाख ९७ हजार ३७५ रूपैयाँ राहत वितरण गरेको छ भने मानवीय क्षतितर्फ ३ लाख ३ हजार ५१ रूपैयाँ राहात उपलब्ध गराएको छ ।
डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७१/७२ बाहेक सबै वर्षमा वन्यजन्तुले पशुधनमा क्षति पुर्याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७३/७४ र आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म जिल्लामा वन्यजन्तुबाट कुनै पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका अनुसार आ.व ०६९/७० मा जिल्लामा १ लाख ६४ हजार ५०० रूपैयाँ पीडितहरूलाई राहात उपलब्ध गराईएको तथ्यांक छ ।
त्यसैगरी ०७०/७१मा १ लाख ३६ हजार ४५१ रूपैयाँ, आ.व ०७१/७२ मा १७ हजार ९५० रूपैयाँ, ०७२/७३ मा २१ हजार ७५५ रूपैयाँ र ०७३/७४ मा १० हजार रूपैयाँ राहत वितरण गरेको छ ।
यसैगरी आर्थिक वर्ष ०७४/७५ मा १ लाख १० हजार, आव ०७५/७६ मा एक लाख ११ हजार ७० रूपैयाँ, आव ०७६/७७ मा एक लाख ४० हजार र आव ०७७/७८ मा ३ लाख १ हजार ८०० रूपैयाँ राहात वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए ।
उनका अनुसार पछिल्लो १० वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट एक सय ४१ पशुधन क्षति हुन पुगेको छ भने १५ जना मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ ।
पशुधन क्षतिअन्तर्गत एक सय ३० भेडारबाख्रा, पाँच वटा गाईरगोरू र सात वटा राँगारभैसी वन्यजन्तुको आक्रमणमा परेका छन् । डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका-०६९ ९तेश्रो संशोधन २०७५० को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहात वितरण गरेको हो ।
कानुन बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीडितहरूको राहातका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा पायक पर्ने संरक्षण क्षेत्रमार्फत राहत उपलब्ध गराउने प्रावधान छ । सोही अनुरूप लमजुङका वन्यजन्तु पीडितहरूलाई एक्यापमार्फत राहात रकम आएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij