Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

  • 412
    SHARES
  • घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

    काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ ।जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।

    जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो । 

    इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए। ह्यारी ब्रुकले २८ र  क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । 

    भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे ।

    इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij