Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मलामी बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

मलामी बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

  • 368
    SHARES
  • मलामी बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

    सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र ३१ जना घाइते भएका छन् ।

    आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर-१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

    मृत्यु हुनेमा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताए । मलामी बोकेर फर्किंदै गरेको ट्रयाक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो ।

    घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्वारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ट्रयाक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij