Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

  • 370
    SHARES
  • कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

    बैतडी । जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ ।

    शुक्रबार गरिएको विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।

    कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको हो ।

    कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली लिएर विवरण संकलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    बैतडीमा २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम शुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ ।

    सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकैरूपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij